काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ अंक विन्दुमा आइपुगेको छ ।
आज ६१ लाख ४८ हजारको कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८२ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
आज अरुण काबेलीको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको १० करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २० लाख र रिडी हाइड्रोपावरको ५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।