एलआईसी नेपालमा किन झुमिदैछन् लगानी कर्ता ?

काठमाडौं । पछिल्लो समय लगानीकर्ताको रोजाइमा पर्न सफल भएको कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) नेपालको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैया रहेकोे छ । जगेडा कोषमा भने ६१ करोड ५५ लाख रुपैयाँ संञ्चिती रहेको छ । कम्पनीको बीमा कोषको आकार विगत वर्ष भन्दा १५.४५ प्रतिशत वृद्धिगरी ९३ अर्ब ६३ कोड ६५ लाख रुपैयाँ पुगेको छ ।

त्यसै गरि कंम्पनिको प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ।असार मसान्तसम्म कम्पनीको बिमा शुल्क भने ६.३९ प्रतिशतले बढेर १८अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कंम्पनीको बीमा शुल्क १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ रहेको थियो।

हाल बिमा समितिको पुँजी बृद्धि योजना अनुसार जीवन बिमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने प्रावधान अगाडि सारेको छ । त्यसै अनुरुप कंम्पनिले ८८ प्रतिशत हकप्रद सेयर जारीगरी चुक्ता पुँजी ५ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।
कम्पनीमा एलआईसी डन्डियाको अधिक्तम सेयर स्वामित्व भएकोले पनि यो अन्य नेपालको इन्स्योरेन्स कम्पनी जस्तो मर्जरमा जाँदैन । जस्तै बैकहरूमा स्टयाण्डर्ड चार्टर्ड र एभरेस्ट बैक मर्जरमा गएका छैन्नन त्यसै गरि यो कंम्पनि मर्जरमा जाँदैन ।

यो कम्पनीले २ अर्ब ६५ करोड ३२ लाखको ८८ प्रतिसत हकप्रद दिएर २ अर्ब ३३करोड ४८ लाख १६ हजार पुँजी वृद्धि गरी ४ अर्ब ९८ करोड ४० लाख १६ हजार चुक्ता पुँजी पुर्याउने र त्यसको २५ प्रतिशत संम्म बोनस सेयर कंम्पनीले दिन सक्ने छ ।

कम्पनीको विगत ५ वर्षको लाभांश इतिहास हेर्दा यो स्वभाबीक पनि देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा २० % बोनस र १.५% नगद ०७५/७६ मा १०% बोनस र ०.५३% नगद ०७४/७५ मा ३४.४६% बोनस र ३५.५३% नगद ०७३/०७४मा १२% बोनस र ०.६३% नगद र २०७२/७३मा २४.८०% बोनस १.३२% नगद दिएको देखिएको छ । कम्पनीको अपरिस्कृत त्रैमासिक रिपोट जेजस्तो देखिएता भनी अधिकांश जीवन बीमा कंम्पनीहरूको एक्चुरी पश्चातमात्र वास्तविक रिपोट आउने छ ।

यसलाई विभिन्न टेक्निकल चार्टबाट हेर्दा

यसलाई फिबोनीचीबाट हेर्दा ०.३२८अर्थात (१४५७) रुपैयाँ कटेमा सजिलै ०.६१८ अर्थात १५३२ रुपैयाँ पुग्ने देखिन्छ भने अझै ज्ञको रेसिस्टेन्ससम्म गएमा १६५५ पुग्ने देखिन्छ । विगत ५२ हप्ताको उच्चमूल्य २६५३ पुगेको थियो भने न्यून मूल्य १०८५ संम्म आएको थियो ।

त्यस्तै आरएसआई बाट हेर्दा ४० मा ‘डब्ल्यु’ त्रिपल प्याटन बनाएर आरएसआई नजिक पुगेको छ जस्ले कंम्पनिको सेयर खरिदको चाप रहेको जानकारी दिन्छ ।

त्यसै गरि एमएसीडीबाट हेर्दा शुन्य लाइन मुनिबाट हिस्ट्रोग्राम बारहरू स्याडो पर्दै जिरोलाईन माथि हिस्ट्रो ग्राम बार बन्न लागेको देखिन्छ भने एमएसीडी लाईनले बुलिस क्रसओभर गर्न लागेको छ । जस्ले कंम्पनी बुलिस मुभमेन्टमा जाँदैछ भन्ने संकेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स