पिपुल्स पावरको आईपीओ आज बाँडफाँट हुँदै, २ जनाले ११ कित्ता सेयर पाउने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज (भदौ १२ गते) बाँडफाँट हुँदैछ।

कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी भइरहेको क्यापिटलले जनाएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६ हजार ११० आवेदकबाट कुल १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७.९४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने २ जनाले ११ कित्ता सेयर पाउनेछन्। यो हिसाबले १३ लाख ७६ हजार बढीको हात खाली हुने देखिन्छ।

कम्पनीले सर्वसाधारणहरुका लागि २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स