काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
शुक्रबार, नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज ३५ लाख ८८ हजारको कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ लाइफ इन्सोरेन्स बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज १० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ८७ लाख, अरुण काबेली पावरको ४ करोड ७४ लाख र राधी विद्युत कम्पनीको ४ करोड २८ लाख र नेपाल टेलिकमको ३ करोड ९० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।