१८ अंकले घट्यो नेप्से, अपर हेवाखोलामा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । दुई दिन हरियाली छाएको सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख ३४ हजारको कित्ता सेयर १ अर्ब ७१ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर हेवाखोला हाइड्रोपावरमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ११ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ४१ लाख, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख, अरुण काबेली पावरको ७ करोड २८ लाख र राधी विद्युत कम्पनीको ४ करोड ८३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स