नीतिगत सुधार भइरहेको पूँजीबजारमा किन सुस्तायो कारोबार

काठमाडौं । केही समयदेखि नीतिगत सुधारको क्रममा रहेको धित्तोपत्र बोर्ड, सि-आसवा, मर्जरमा गएका कम्पनीहरुको समयावधि निर्धारण गरी छोटो समयमा कारोबार गराउन लागि परेको छ भने सि-आसवाको शूल्क घटाएसँगै डिपि शूल्क,नेप्से कमिसन शूल्क,धित्तोपत्र बोर्ड कमिसन शूल्क घटाउन अध्ययन समिति तयार गरि अध्ययन भइरहेको छ भने ब्रोकर कमिसन घटाउन पनि सोहि कमिटिले गृहकार्य गरिरहेको छ । त्यसैगरी ब्रोकर संख्या थप्नका लागी तयार भएको प्रतिवेदन मन्त्रीपरिषदको कानुन समितिमा अध्ययन र छलफलको चरणमा छ ।

धित्तोपत्र बोर्डको विगतको नेतृत्वभन्दा वर्तमान नेतृत्वबाट लगानीकर्ताले धेरै अपेक्षा गरेका छन् र स्वयम् नेतृत्व पनि चरणवद्ध रुपमा नीतिगत सुधारका लागि योजना अनुरुप लागीपरेको देखिन्छ । यी विभिन्न सुधारका बाबजूत पनि सेयर बजारमा भने कारोबारको सिजनको समयमा पनि कारोबार सुस्ताउँदा लगानीकर्ताले अर्थपूर्ण तरिकाले हेरेका छन् ।

किन सुस्तायो त कारोबार ?

कारोबार सिजनको समयमा बैंक तथा वित्तिय संस्थाहरुले त्रैमासिक रिर्पोटहरु विगत आर्थिक वर्षभन्दा व्यवसायिक प्रगति र सुधारिएर आएको छ भने लांभशको मुखैमा आएर कारोबार सुस्ताउँनुलाई लगानीर्ताहरुले शंकाका नजरले हरेका छन् । ठूला तथा संस्थागत लगानीकर्ताहरु बढेर पनि खरिद गरि नहाल्ने घटाएर तल पनि ल्याउन नसक्ने यो परिस्थतिमा मार्केटलाई अडाएर राम्रा राम्रा लांभाश दिइरहेका कम्पनीहरु निश्चित मूल्यमा बसेर एकुमूलेशन भइरहेको छ । यो समयमा सेयर बजार अब बढ्न सक्दैन क्यारे जस्तो मनोविज्ञान निर्माण गरि सेयर खरिद गर्ने अहिलेको नेप्से परिसुचक ३२२७ बाट करिब ३६ प्रतिशत न्यून विन्दुमा छ यस्तो बेलामा सर्वसाधरण लगानीकर्तालाई सयेर बजार अब बढ्न सक्दैन जस्तो अनुभूती हुन्छ । उनीहरुले बेचेर निक्लिदै गर्दा ठूला लगानीकर्ताले खरिद गरिरहेका हुन्छन् र विगत जस्तै ३१/३२ सय नेप्से परिसुचक पुग्दा अझैं बजार माथि जान्छ भन्दै हौसिएर तिनै नयाँ तथा कम अनुभवि लगानीकर्ता खरिद गर्न तल्लिन रहन्छन् । यसको उपज् भनेको बुलिस र बिएरिस मानोविज्ञान हो ।

हाल आएर केहि महिनाको अन्तरालपछि बैंकहरुले सेयर लोन दिन सुरु गरेको अवस्था छ भने प्राय अधिकांश लगानीकर्ताहरु मार्जिनकलबाट भय मुक्त छन् । अर्थतन्त्रमा विगत केहि महिना अगाडिको भन्दा धेरै सुधार भएको अवस्था छ । अन्राष्ट्रिय बजारमा पेट्रोलियम पर्दाथको मूल्य निरन्तर घटिरहेसँगै नेपालको पेट्रोलियम पर्दाथको मूल्य गिरावटले व्यापार घाटामा कमि आइरहेको छ । चाडपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्दै गइरहेको छ । यी सुधारका बाबजूत पनि हप्ता दिन देखि नेप्से साइडवेएज चल्दा ट्रेर्डरहरु पर्ख र हेरको अवस्थामा छन् । त्यसकारण पनि सेयर कारोबारमा सुस्तता आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स