नेप्सेमा छायो हरियाली, दुई कम्पनीमा सकरात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ७८ हजारको कित्ता सेयर १ अर्ब ५२ करोड ६१लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, फाइनान्स, नन् लाइफ इन्सोरेन्स, मेन्यू एण्ड प्रो, अन्य र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७३ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मन्दाकिनी हाइड्रोपावरमा १०% र अपर हेवाखोला हाइड्रोपावरमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

आज अरुण काबेली पावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको १६ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको ८ करोड ८ लाख, रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ११ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स