काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ बिक्री प्रबन्धक सनराईज क्यापिटलकै कार्यालय कमलपोखरीमा आज बिहान १० बजे बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ ।
संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। भाग्यमानी ५ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् । त्यस्तै, १८ लाख बढी आवेदकको हात खाली भएको छ।
कम्पनीले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२।१० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।
लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट: http://www.sunrisecapital.com.np/,
२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login
३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/
४. धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट : https://dhaulagiribank.com/