खप्तड लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । लघुवित्तले आज भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । लघुवित्तले जारी पुँँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो ।

यस अनुसार लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पुँँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स