सेयर बजारमा छायो हरियाली, ३ कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली देखिएको छ ।

मंगलबार, नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ३१ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, फाइनान्स, नन् लाइफ इन्सोरेन्स, अन्य, माइक्रो फाइनान्स र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रुरु जलविद्युतमा १०%, मन्दाकिनी हाइड्रोपावरमा ९.९९% र अपर हेवाखोला हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको १४ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख, अपि पावरको ५ करोड ४५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ३७ लाख र एनआइसी एशिया लद्युवित्तको ४ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स