धौलागिरी लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुने तय, ५ जनाले ११ कित्ता सेयर पाउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आर्इपीओ बुधबार (भदौ ८) गते बाँडफाँट हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक सनराईज क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ ।

संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन् भने ५ जनाले ११ कित्ता सेयर प्राप्त गर्ने छन् । त्यस्तै, १९ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ।

कम्पनीले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स