आजबाट इष्टर्न हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुल्ला

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (भदौ ७ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको प्रतिकित्ता एक सय अंकित दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै एनएमबि बैंकको भोजपुर शाखा, ग्लोबल आइएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिंङस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स