नेप्सेमा गिरावट, दुई कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५३ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ४ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, होटल एण्ड टुरिजम, नन् लाइफ इन्सोरेन्स, मेन्यू एण्ड प्रो बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मन्दाकिनी हाइड्रोपावरमा १०% र अपर हेवाखोला हाइड्रोपावरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

आज रिडी पावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १२ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको १० करोड, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ५१ लाख, एनटिसीको ६ करोड ५४ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स