पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणहरुका लागि २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स