लाभांशको लोभले तानिए लगानीकर्ता, सातामा ३० अंकभन्दा माथि उचालियो नेप्से

काठमाडौं । लाभांश घोषणाको समय नजिकिएसँगै यो साता सेयर बजार उकालो लागेको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३०.३४ अंकमाथि उक्लिएको छ । गत आर्थिक वर्षको समाप्तीसँगै सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने समय नजिकिदै जाँदा यो साता भने लगानीकर्ताको आकर्षण बजारमा देखिएको हो । लाभांशको लोभले लगानीकर्ता यो साता सेयर बजारमा तानिएका छन् ।

सकारात्मक समाचारकै आधारमा बजारमा उतारचढाब देखिदै आएको छ । सूचीकृत कम्पनीहरूले पनि गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकले तथा वित्तीय कम्पनीले सार्वजनिक गरेको वित्तीय विवतणको आधारलाई हेर्दा यस वर्षको लाभांश आकर्षकनै हुने देखिन्छ ।

गत साताको अन्तिम कारोबार दिन २०३७.९२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २०६८.२६ विन्दुमा पुगेर बन्द भएको हो । पहिलो कारोबार दिन २७. ९२ अंकले घटेको बजार दोस्रो दिन ५५.८८ विन्दुले बढेको थियो । तेस्रो दिन २४.८३ अंक र चौथो दिन ०.३६ अंक घटेको बजार पाँचौ दिन भने २७.५६ अंकले बढेको हो ।

पाँच कारोबार दिनमा यो साता तीन दिन बजार घट्यो भने दुई दिन बढेको हो । साताको अन्तिम कारोबार दिन श्री कृष्ण जम्माष्टमीको सार्वजनिक विदा परेकाले पाँच कारोबार दिन मात्र बजार खुला भएको छ ।

नेप्से परिसूचक उकालो लागेसँगै कुल बजार पूँजीकरणमा समेत यो साता वृद्धि भएको छ । गत साताको भन्दा यो साता कुल बजार पूँजीकरण ५३ अर्ब २३ करोडभन्दा बढीले रुपैयाँ वृद्धि भई २९ खर्ब ६३ र्ब ६५ करोड ८३ लाख रुपैयाा कायम भएको हो ।

यो साता कारोबार रकम र कित्तामा भने गत साताको तुलनामा कमि आएको छ । गत साता १२ अर्ब ४ करोड २० लाखभन्दा बढीको ३ करोड २ लाख १९ हजार ४५३ कित्ता धितोपत्र खरिदबिक्री भएकोमा यो साता १० अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको २ करोड ५५ लाख ९१ हजार १२३ कित्ता धितोपत्र खरिदबिक्री भएको हो ।

भदौ महीनामा पनि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर नबढाउने निर्णय गरेका छन् । धितोपत्र बजारको लागि यो सकारात्मक समाचार हो । यसले लगानजीकर्ता ब्याजदर नबढ्ेनमा ढुक्क हुँदै लगानी गर्न हौसिएका छन् । बीमा कम्पनीहरूको पूँजीबृद्धिको अभियान चलिरहेकाले यी क्षेत्रका कम्पनीहरूबाट पनि बोनस र हकप्रद सेयरको आशा गर्न सकिन्छ ।

उत्पादन तथा प्रशोधन समूह उभो गतिमा
साताको कारोबारमा १३ समूहगत उपसूचकहरूमध्य जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको मात्र उपसूचक घटेको छ । जीवन बीमा समूहको १.५४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको २..०९ प्रतिशत उपसूचक घटेको हो । उपसूचकमा आएको परिवर्तनको आधारमा यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ ।

यो साता विकास बैंक समूहको उपसूचक सर्वाधिक १.८५ प्रतिशत बढेको छ । त्यस्तै निजीवन बीमाको १.५० प्रतिशत, वित्तको ०.९६ प्रतिशत, अन्यको ०. ९६ प्रतिशत, लघुवित्तको ०.९० प्रतिशतले बढेको छ ।

त्यसैगरी जलविद्युतको ०.६८ प्रतिशत, होटल तथा पर्यटनको ०.५५ प्रतिशत, व्यापारिकको ०.२५ प्रतिशत र बैंकिङ् समूहको ०.८ प्रतिशत उपसूचक बढेको छ । म्युचुअल फण्ड र लगानी समूहको उपसूचक भने यो साता स्थिर देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स