सर्किट ब्रेकपछि नेप्सेमा ३९ अंकको बाउन्स ब्याक, कारोबार रकम ११ अर्बमाथि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको छ । नेप्से आइतबार पहिलो २ घण्टामा १४७ अंकले घटेको थियो । कारोबार शुरु भएको पहिलो दुई घण्टामा सेयर बजार ५ प्रतिशतले घट्दा नेप्सेले कारोबार बन्द गरेको थियो ।

नेप्सेमा नकारात्मक सर्किट लाग्दा कारोबार ४० मिनेट बन्द भएको थियो । सर्किट ब्रेकपछि नेप्से ३९ अंकले बाउन्स ब्याक भएको छ ।

एक सय अंकभन्दा माथिले घटेको नेप्सेका सबै उपसमूह राता भएका छन् । आज सबैभन्दा धेरै नन् लाइफइन्स्योरेन्स घटेको छ । नन् लाइफ इन्स्योरेन्स ५१९.४६ अंकले घटेको छ ।

बजारमा उच्च गिरावट आउँदा पनि सानिमा लाइफ इन्स्योरेन्सको सेयर ९.९७ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयर ४.०२ प्रतिशतले बढेको छ ।

१३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नेप्सेमा सर्किट ब्रेक लाग्नु अघि ३० वटाभन्दा धेरै कम्पनीको सेयर १० प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स