सेयर बजारमा छायो हरियाली, ४ कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर घटेको सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख १ हजारको कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मन्दाकिनी हाइड्रोपावरमा १०%, अपर सोलु हाइड्रोमा १०%, श्वेत गंगा हाइड्रोपावरमा ९.९७%, अपर हेवाखोला हाइड्रोपावरमा ९.९६ प्रतिशतको सर्किट लागेको छ ।

आज रिडी पावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १० करोड ४३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरमा ७ करोड ८० लाख, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, अरुण काबेलीको ५ करोड ५६ लाख, आइसिएफसी फाइनान्सको ५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स