९ ब्रोकरलाई उपत्यका बाहिर ११ स्थानमा शाखा खोल्न बोर्डको स्वीकृति, (सूची सहित)

काठमाडौं । काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई उपत्यका बाहिर विभिन्न स्थानमा शाखा खोल्न अनुमति दिएको छ । बोर्डले आज बुधबार ९ वटा ब्रोकर कम्पनीलाई उपत्यका बाहिर विभिन्न ११ स्थानमा शाखा कार्यालय सञ्चालनको अनुमति दिएको हो ।

ब्रोकर कम्पनीहरुलाई बोर्डले पहिलो चरणमा ७ स्थानमा र दोस्रो चरणमा ११ स्थानमा गरी जम्मा १८ स्थानमा शाखा खोल्न अनुमति दिएको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘आज उपत्यका बाहिर ब्रोकरहरूलाई शाखा विस्तार गर्न लाइसेन्स दिइएको छ,’ उनले भने ‘ब्रोकरहरूले मोफसलमा शाखा विस्तार गर्ने सक्ने छन् । उपत्यका बाहिर विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति दिएको हो ।’

शाखा कार्यालय सञ्चालन गर्न ५० वटै ब्रोकरले आवेदन दिएको थिए । हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा सञ्चालनमा आइसकेका छन् । करिब २ वर्ष अघि ब्रोकर कम्पनीहरूले सातै प्रदेशका करिब २०० स्थानमा शाखा विस्तार गर्न बोर्डमा आवेदन दिएका थिए । बोर्डले तीमध्ये पहिलो चरणमा ३ वटा ब्रोकरलाई ७ स्थानमा र दोस्रो चरणमा ९ वटा ब्रोकरलाई ११ स्थानमा गरी हालसम्म १८ स्थानमा शाखा विस्तार गर्न अन्तिम स्वीकृति दिइसकेको छ ।

यी कम्पनीले पाए शाखा खोल्ने अनुमति
उपत्यका बाहिर शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति पाउनेमा ब्रोकरमा ५७ नम्बर ब्रोकर आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजलेनम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक, २९ नम्बर ब्रोकर त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोती, पाल्पाको तानसेन र भैरहवाको रुपन्देहीमा शाखा विस्तारको अनुमति पाएको हो ।

ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुर, ११ नम्बर ब्रोकर मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले पाँचथरको फिदिम र इलामको सदरमुकाम इलाम बजारमा शाखा कार्यालय विस्तार गर्न पूर्वाधार विस्तारको अनुमति पाएका हुन् ।

५१ नम्बर ब्रोकर अक्सफोर्ड सेक्युरिटिजले नवलपुरको भुमहीमा, ५९ नम्बर ब्रोकर दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मा, ७ नम्बर ब्रोकर जे.एफ. सेक्युरिटिजले दाङको घोराही र ३८ नम्बर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीले कैलाली लम्कीमा शाखा विस्तारको अनुमति पाएको हो ।

ब्रोकर कम्पनीले शाखा खोल्न के के गर्नुपर्छ ?
धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्मता) तेस्रो संसोधन नियमावली, २०७६ अनुसार ब्रोकरहरुले शाखा कार्यालयल सञ्चालनको अन्तिम स्वीकृति लिनका लागि कम्पनीहरूले सम्पूर्ण पूर्वाधार तयार गरिसक्नु पर्छ ।
ब्रोकर कम्पनीले पूर्वाधार तयार पारेको जानकारी बोर्डलाई गराएपछि बोर्डले निरीक्षण गरेपछि अन्तिम स्वीकृति दिन्छ ।

कम्तीमा ५ सय वर्गफिटमा शाखा कार्यालय स्थापना गरी वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड काउन्टेन्सी गरेको व्यक्तिलाई प्रमुख र परिपालन तथा सुचना प्रविधि सहित कम्तीमा ३ जना कर्मचारी नियुक्त गरेको हुनुपर्छ ।

बोर्डले तोकेको मापदण्ड अनुसार शाखा कार्यालयमा कम्तीमा २ थान कम्प्युुटर र त्यसका लागि अन्य ब्याकअप पावर सहतिको पूर्वाधार तयार भएको हुनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स