नेप्सेमा तीन जलविद्युत कम्पनीको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबार सुरु भएको छ। हिजो (साउन ३१) गते नेप्सेमा सूचीकृत भएको अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेत गंगा हाइड्रो र मन्दाकिनी हाइड्रोको सेयर आजको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो ।

नेप्सेले अपर सोलु हाइड्रो इलेक्ट्रिकको पहिलो कारोबारका लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको थियो। स्पेसल प्रि ओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३२४.६ रुपैयाँमा किनबेच भएको छ। कम्पनीको (USHEC) सिम्बलबाट कारोबार भएको हो ।

त्यस्तै नेप्सेले श्वेत–गंगा हाइड्रोको पहिलो कारोबारका लागि ८९.८८ रुपैयाँदेखि २६९.६४ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको थियो। स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको सेयर २६९ रुपैयाँमा पहिलो कारोबार भएको छ। कम्पनीको (SGHC) सिम्बलबाट कारोबार भएको हो ।

त्यसैगरी मन्दाकिनी हाइड्रोपावर पहिलो कारोबारका लागि नेप्सेले १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको थियो। स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको सेयर २३७ रुपैयाँमा भएको छ। कम्पनीको (MHL) सिम्बलबाट कारोबार भएको हो ।

मंगलबार अपर सोलु हाइड्रो इलेक्ट्रिकको १ करोड ३५ , श्वेत गंगाको १ करोड ५९ लाख ३० हजार र मन्दाकिनी हाइड्रोको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता सेयर सूचीकृत भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स