काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्डमा आवेदन दिने मिति लम्बिएको छ । यो म्युचुअल फण्डमा अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो । सो निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखी योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ ।