मर्जर पश्चात बनेको रिडी पावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिंङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिडी पावर कम्पनीको सेयर सूचीकृत भएको छ ।

रिडी हाइड्रोले रैराङ हाइड्रोपावर कम्पनीलाई गाभेपछि बनेको रिडी पावर कम्पनीको मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७०८.६० रुपैयाँको सुरुवाती मूल्य तय गरेको छ ।

उक्त ओपनिंङ रेन्जको आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको (RIDI) सिम्बलबाट कारोबार हुनेछ ।

दुवै कम्पनी १ः०.९३ को अनुपातमा मर्ज भएका हुन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स