नेप्से २७ अंकले घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज ४५ लाख ५९ हजारको कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्सोरेन्सको ११ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड २० लाख, स्वाबलम्बन लघुवित्तको ६ करोड ६१ लाख, नबिल बैंकको ४ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स