अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुने, ९१ हजार ३७५ जनाले मात्रै सेयर पाउने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि (साउन ३०) गते बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ सोमबार बिहान ९ बजे केन्द्रीय कार्यालय नारायणचौर, नक्सालमा बाँडफाँट हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । जुन २९ गुणा बढी हुन आउँछ । आईपीओमा २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको आईपीओ माग भएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ९१ हजार ३७५ जनाले मात्रै सेयर पाउने छन् भने बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात खाली हुनेछ ।

कम्पनीले साउन १८ गतेदेखि साउन २३ गतेसम्म १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ४८ हजार ७ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्वसाधारणको लागि छुट्याइएको छ ।

हाल कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ। सेयर बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स