यस्तो छ सेबोनको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, (पूर्णपाठसहित)

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गरेको छ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोवार र विनिमयलाई व्यवस्थित गर्न सूचीकृत संगठित संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धीकार्यलाई नियमित तथा व्यवस्थित गर्नुपर्ने भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरीधितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४३क को प्रयोजनका लागि बोर्डले यो निर्देशिका बनाएको हो ।

जसअनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुने भएको छ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ ।

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने निर्देशिकामा उल्लेख छ।

मर्जरपछि कम्पनीको नाम परिवर्तन नभएमा प्राप्ति गर्ने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ ।

त्यस्तै, मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् ।

यस्तो छ पूर्णपाठः

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/08/dhitopatra-board-nirdasika.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स