सस्तोमा सेयर उठाउन नपाएर स्वार्थी समूहको रुवावासी

काठमाडौं । केहि दिन देखि निरन्तर घटेको सेयर बजारमा बजार सम्मालिनै लाग्दा नेप्से २२००को लाइनमा सेयर बेचेर बसेका केहि स्वार्थि समूहले बजारमा गलत हल्ला फैलाएर बजार घटाउन लागि परेको बुझिएको छ ।

केहि स्वार्थी समूह र केहि ब्रोकरको मिलेमतोमा बजारमा सेयर सप्लाईको ठूलो हिस्सा बाँकी छ भन्दै लगानीकर्तालाई गलत हल्ला फैलाएर सेन्टिमेन्ट बिगार्ने खेल भईरहेको बुझिएको छ ।

असार १० गते १८०६.९५ को विन्दुलाई बटम बनाएर अगाडि बढेको सेयर बजार १० कारोबार दिनमा २१४८.६२को विन्दुसम्म पुगेको थियो । त्यस विन्दुमा प्रोफिट बुकिंङ भएपछि, ६ कारोबार दिन करेक्ससन भएर १९१२.४९को विन्दुमा टेवा लिदैं १८ कारोबार दिनमा नेप्से परिसूचक बढेर २२२४.४९को पछिल्लो उच्च विन्दुमा पुगेर करेक्सन भएको थियो ।

त्यस अन्तरालमा पूँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने मौद्रिक नीति र त्यसको निर्देशीकाले पूँजी बजारलाई थप हौसला प्रदान गरेको थियो । लगानीका अन्य क्षेत्रहरुलाई संकुचन गरि ल्याइएको मैद्रिक नीतिले सेयर बजारलाई चाँही अझै सहज र साना लगानी कर्तालाई थप सुविदा प्रदान गरेको थियो ।

२५ लाख सम्मको सेयर लोनमा रिस्क वेएटेज १०० प्रतिशत कायम गरिनु लगानी कर्ताका लागि नीतिगत सुधार थियो भने ठुला लगानीकर्ताका लागि ३ वटा बैंकबाट लिनुपर्ने सेयर कर्जा एउटै बैंकबाट १२ करोड सम्म लिन पाउने नीतिगत व्यवस्था गरिएको थियो ।

हाल आएर केहि स्वार्थ समूहले त्यहि विषयलाई इस्यू बनाएर बजार घटाउन लागि परेको देखिन्छ । भदौ ८ गते सम्म ४्/१२ को इस्यू अझै नसल्टियको भन्दै बजारमा भ्रम फैलाएर बजार घटाउने प्रयास गरिरहेको पाइएको छ भने यस विषयमा ठूला लगानीकर्ता सँग बुझ्दा असार मसान्त अन्तिम समय भएकाले लगभग त्यहि समयमा समस्या सुलझालइसकेको बुझिएको छ तर बजारमा गलत हल्ला र गलत प्राविधिक विश्लेशण गरेर मिडिया बाजिगरेको भनि चर्चा भइरहेको पनि छ । हरेक आर्थिक सूंचाकंकहरु सकारात्मक हुँदै गर्दा सेयर बजारमात्र अफवहाको भरमा नकरात्मक भइरहेको टिकाटिप्णि सामाजिक संजालमा भइरहेको छ ।

अधिकांश कम्पनीहरुले चौथो त्रैमासको वित्तिय विवरण विगत आर्थिक वर्षको भन्दा अझ राम्रो आम्दानी गरेको रिपोर्टहरु पस्किरहेका छन् भने लांभाश क्षमता पनि विगत आर्थिक वर्ष भन्दा अझ राम्रो दिन सक्ने आकलन गरिएको छ ।

तर पनि लांभाशको मुखमा आएर केहि स्वार्थी समूहहरुले बजार घटाउ्न लागि परेको देखिएको छ भने बैंक तथा वित्तिय संस्थाहरुले पनि सेयर धित्तो कर्जा वितरण गर्न सुरुवात गरेको पाइएको छ जसले गर्दा केहि समूह बजार घटाएर सेयर उठाई सेयर धित्तो कर्जा लिन लागि परेका छन् त्यसैले पनि लाभंसको मुखमा आएर सेयर बजार निरन्तर घटिरहेको छ ।

प्राविधिक रुपमा सर्पोट प्वाइन्टहरुमा सेयर सप्लाई बढाएर बजार घटाए पनि कारोबार रकमले भने साथ दिन सकेको छैन जस्तै बुधबारको कारोबारमा नेप्से परिसूचक ५ अंक घट्दा कारोबार रकम १ अर्ब ९० करोड भएको थियो भने त्यसको अघिल्लो दिन मंगलबार २ अर्ब ७४ करोडको कारोबार भएको थियो ।

आज नेप्से परिसूचक १९.०६ ले घट्दा कारोबार रकम भने १ अर्ब ७६ करोडमा सिमित भएको छ । कारोबार रकम दिनानु दिन घट्दै गइरहको छ जसले पेनिक सेयर सप्लाई कम भएको भन्नि बुझिन्छ । कारोबारको अन्तिम समयमा केहि दिन देखि सुनियोजित रुपमा बजार घटाउँदे ल्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स