काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउने क्रम जारी रहेको छ ।
बिहीबार, नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ अंक विन्दुमा आइपुगेको छ ।
आज ६२ लाख ९८ हजारको कित्ता सेयर १ अर्ब ७६ करोड १० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यस्तै, हिमालयन हाइड्रोपावरमा ९.९९ र अपर हेवाखोला हाइड्रोपावरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको ७ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४करोड ६१ लाख, नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।