सेयर बजारमा गिरावट, हिमालयन हाइड्रोपावरमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथौ दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७.६८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४६ लाख ४० हजारको कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, नबिल बैंकको ६ करोड ४६ लाख र नेपाल टेलिकमको ४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स