नेप्से ४३ अंकले घट्दा हिमालयन हाइड्रोपावरमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ४३.३५ अंकले घटेर २०६२.८० अंक विन्दुमा आइपुगेको छ ।

आज ६६ लाख ४६ हजारको कित्ता सेयर २ अर्ब ८१ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १५ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, नबिल बैंकको १० करोड ४२ लाख र नेपाल टेलिकमको ७ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स