श्रृजनशील लघुवित्तले पायो आइपीअ‍ो निष्काशनका लागि बोर्डको अनुमति

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्थाले आइपीअ‍ो निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बोर्डले साउन १८ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स