सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । आज बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । सेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय् ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् । यस आईपीओमा १३ लाख ४५ हजार ४१० आवेदकबाट हात खाली भएको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट :https://www.niblcapital.com/

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. सयपत्री हाइड्रो कम्पनीको वेबसाइट : http://sayapatrihydropower.com/

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स