सयपत्री हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, मंगलबार बाँडफाँड गर्ने तयारी

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यलयमा कम्पनीको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको हो ।

क्यापिटलले आईपीओ बाँडफाँड मंगलबार (साउन २४) गते गर्ने तयारी भएको जनाएको छ।

कम्पनीले सर्वसाधारणलाई ६ लाख ७० हजार ५८६ कित्ता साधारण सेयर छुट्याएको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स