अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २३.७० गुणा बढी आवेदन, ९१ हजार ३७५ जनाले सेयर पाउने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिनसम्म २३.७० गुणा बढी आवेदन परेको छ ।

आइतबार साँझ ५ः१० बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।

जुन लघुवित्तले निष्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता सेयरको २३.७० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ९१ हजार ३७५ जनाले मात्रै सेयर पाउने छन् ।

कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ४८ हजार ७ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ०।५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

हाल कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ। सेयर बाँडफाँड गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स