हिमालयन हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज न्यूनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २ सय २८ रुपैयाँ ९९ पैसा तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीको उक्त सेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको HHL सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुलाई लगानी गरेको ८७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स