नेप्से ३४ अंकले घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ।

शुक्रबार, नेप्से परिसूचक ३४.८५ अंकले घटेर २११३.३० अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख १६ हजारको कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको १४ करोड १४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख, अपि पावरको ५ करोड ६७ लाख र अरुण काबेलीको ५ करोड ६० लाख माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स