अब शुक्रबार सेयर कारोबार नहुने

काठमाडौं । अब फेरि सेयर कारोबार हप्तामा पाँच दिन मात्रै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत असार महिनादेखि हप्तामा ६ दिन सेयर कारोबार गर्न थालेको थियो ।

गत असार महिनादेखि शुक्रबार पनि दुई घण्टा सेयर कारोबार गरिदै आएको छ । तर, अब फेरि शुक्रबारको सेयर कारोबार बन्द गराउन लागेका छौं । ‘अब चाडै नै पुनः हप्तामा पाँच दिन मात्रै सेयर कारोबार गर्ने व्यवस्था मिलाउन लागेको नेपाल स्टक एक्चेञ्जका नेप्सेका प्रबन्धक निरन्जन फुयाल बताए ।

‘अब फेरि पाँच दिन मात्रै सेयर कारोबार गर्ने व्यवस्था गर्न लागिएको छ,’ उनले भने । गत असार महिना अघि हप्तामा पाँच दिन मात्रै सेयर कारोबार हुने गरेको थियो । तर, सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर कारोबार आइतबार बन्द गरेर शुक्रबार सञ्चालन भएको थियो । दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेपछि सेयर कारोबार आइतबारदेखि शुक्रबारसम्म हुँदै आएको छ ।

बिहिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स