नेप्से हालसम्मकै उच्च बिन्दुमा, कारोबार रकम रु १५ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।

यस्तै, बजार पूँजीकरण पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ । बजार पूँजीकरण नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपीं) भन्दा धेरै माथि पुगेको छ । लगानीकर्ताको ध्यान आज विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २९.२४ बिन्दुले बढेर तीन हजार ७९.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ बिन्दुले बढेर ५७४.३० मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर रु १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो । यस्तै, अपिपावर कम्पनी रु ४८ करोड ३२ लाख एक हजार ४१४, युनाइटेड मोदी रु ३६ करोड २४ लाख ४० हजार ५३०, सानिमा माई हाइड्रोपावर रु ३५ करोड २८ लाख ५७ हजार ४९७ र नेशनल हाइड्रोपावर रु ३४ करोड ७७ लाख आठ हजार ५७० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स