नेप्से ५० अंकले घट्दा पनि सेयर मूल्य बढाउने कम्पनी यी हुन्

काठमाडौं । नेप्से ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा २३० कम्पनीको सेयर १ लाख ५ हजार ७७५ पटक करोबार भएको छ । १ करोड ८१ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

आज सबैभन्दा धेरै सानिमा लाईफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ३०९ रुपैयाँमा कारोबार भएको थियो भने आज ३३९.९० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३०.९० रुपैयाँले बढेको छ ।

मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ४५७.३० रुपैयाँमा कारोबार भएको थियो भने आज ५०३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४५.७० रुपैयाँले बढेको छ ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य ५.२३ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता १५११ रुपैयाँमा कारोबार भएको थियो भने आज १५९० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ७९ रुपैयाँले बढेको छ ।

खानीखोला हाईड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ३८० रुपैयाँमा कारोबार भएको थियो भने आज ३९९ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १९ रुपैयाँले बढेको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.३२ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता १७११ रुपैयाँमा कारोबार भएको थियो भने आज १७८५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ७४ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स