आज सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनी यस्ता छन्

काठमाडौं । नेप्से ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा २३० कम्पनीको सेयर १ लाख ५ हजार ७७५ पटक करोबार भएको छ । १ करोड ८१ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलेपमेण्ट बैंकको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ६.८७ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ११४७.९० रुपैयाँमा कारोबार भएको थियो भने आज १०६९ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ७८.९० रुपैयाँले घटेको हो ।

कर्पोरेट डेभलेपमेण्ट बैंकको सेयर मूल्य ६.४८ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता १०६५ रुपैयाँम कारोबार भएको थियो भने ९९६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ६९ रुपैयाँले घटेको छ ।

अरुण काबेली पावरको सेयर मूल्य ६.०९ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ६४० रुपैयाँमा कारोबार भएको थियो भने आज ६०१ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ३९ रुपैयाँले घटेको छ ।

एनआएन इन्फ्राइस्टक्चर एण्ड डेभलेपमेण्टको सेयर मूल्य ५.८८ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ८५० रुपैयाँमा कारोबार भएको थियो भने आज ८०० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ५० रुपैयाँले घटेको हो ।

कर्णाली डेभलेपमेण्ट बैंकको सेयर मूल्य ५.८० प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ५६९ रुपैयाँमा कारोबार भएको थियो भने आज ५३६ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ३३ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स