नेप्सेमा दुई कम्पनीको ३३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। मंगलबार सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, सगरमाथा इन्स्योरेन्सको २० प्रतिशतले हुन आउने २२ लाख २२ हजार ७ सय १५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, एनएमबि माइक्रोफाइनान्सको २१.५० प्रतिशतले हुन आउने ११ लाख ६० हजार ५ सय ८० दशमलव ३७३८ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स