सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १२ लाख कित्ता बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीले जेठ २८ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाका लागि जेठ १४ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार उक्त १२ प्रतिशत बोनस सेयर जेठ १३ गतेसम्म सिद्धार्थ इन्स्योरेन्सको सेयर खरीद गरी सो दिनसम्म सेयर धनी कायम हुन आएका लगानीकर्ताले मात्र पाउनेछन् ।

बिहीबार सूचीकृत भएको सेयर कम्पनीको १९ औं वार्षिक साधारण सभाका लागि तोकिएको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

उक्त बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि आइतबारदेखि खरीद बिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स