२.८१ अंकले घट्यो नेप्से, ३ कम्पनीमा लाग्यो सर्किट, शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ।

मंगलबार, नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ७८ लाख १३ हजारको कित्ता सेयर ३ अर्ब २९ करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ्ग, हाइड्रोपावर, फाइनान्स, म्यानू एण्ड प्रो, माइक्रो फाइनान्स र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, विन्धवासिनी हाइड्रोपावरमा ९.९९%, समलिङ पावरको ९. ९८% र हिमाल दोलखा पावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको २९ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ९ करोड २४ लाख, गोर्खाज फाइनान्सको ९ करोड ४ लाख र युनाइटेड इदि मार्दीको ७ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स