भोलिबाट अभियान लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं । अभियान लघुवित्तले भोलि (साउन १८ गते)देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ४८ हजार ७ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लघुवित्तको आईपीओमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । कम्पनीको सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले सि९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स