लक्ष्मी र मुक्तिनाथ विकास बैंकको ऋणपत्र स्वीकृत

काठमाडौं । लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको गरी कुल ३२ लाख ५० हजार इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट बिहीबार सूचीकृत भएको छ ।

नेप्सेबाट लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज र दुबै बैंकबीच बिहीबार सूचीकरण सम्झौता भएसँगै आगामी आइतबारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।

दुबै बैंकको सूचीकृत भएको ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स