मन्दाकीनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् १० कित्ता सेयर ?

काठमाडौं । मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज (साउन १७) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटल कै कार्यलय, नक्सालमा सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख १० हजार ९२६ आवेदकबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १६.५३ गुणाले बढी हो।

आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स