मन्दाकीनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ भोलि (साउन १७) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले भोलि दिउँसो ४ बजे क्यापिटल कै कार्यलयमा नक्सालमा सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स