काठमाडौं । सेयर कर्जा लिनका लागि डीपी एकाउन्ट यानिकी डिम्याट एकाउन्ट हुनुपर्छ । सेयर कर्जा लिनको लागि पुँजी बजारमा कारोबार गरेर कर तिरेको हुनुपर्छ । कुनै पनि बैंकको केन्द्रिय कार्यालयबाट कर्जा दिन मिल्ने बैंकको सूची जाहेरी गरेको हुन्छ । उक्त सूची बैंकको केन्द्रिय कार्यालयले सबै शाखामा सकुलर जारी गर्छ । नेप्सेमा सूचीकृत जुनसुकै कम्पनीमा सेयर कर्जा पाइन्छ भन्ने होइन । यो बैकको छनोटमा परेका सूचीमा भर पर्छ ।
कर्जा लिन चाहेको कम्पनीको १२० देखि १८० दिनसम्म प्रति कित्ता मूल्यको औसत निकालिन्छ । निकालिएको औसतलाई बेस मानिन्छ । कर्जा लिन चाहेमा आफूसँग भएको सेयरको संख्यालाई बेस भ्यालुले गुणा गरिन्छ र उक्त गुणा गरेर आएको रकमको ७० प्रतिशतसम्म कर्जा क्यापिटल गेन ट्याक्स तिरेको आधारमा लिन सकिन्छ ।
प्रक्रिया
कर्जा लिनको लागि सुरुमा घरबाट आफूले डिम्याट खाता खोलेको ब्रोकर अफिसमा जानुपर्छ । कर्जा लिने विवरण सबै बुझाउनु पर्छ । बोक्रर कम्पनीले कर्जा लिनलाई आफ्नो क्यापिटल म्यानेज गर्न कम्पनीलाई दिन्छ ।
त्यस पछि क्यापिटल कम्पनीले सेयर किनबेचका निम्ति रोक्का गरेको हुन्छ । त्यस पछि बैंकले कर्जा दिन्छ । यसमा कुनै न्यूनतम यति रकमसम्म पाइने भन्ने हुँदैन । तर, कर्जा लिएर सेयर बजारमै लगानी गर्ने हो भने १२ करोडको क्याप लाग्छ तर सेयर बाहेक अन्य क्षेत्रमा उत्पादनमूलक क्षेत्रमा त्यो भन्दा बढि पनि पाइन्छ ।