५० अंकले नेप्से घट्दा ३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेप्से ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा २३० कम्पनीको सेयर १ लाख ५ हजार ७७५ पटक करोबार भएको छ । १ करोड ८१ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभपलमेन्ट बैंक र अरुण कावेली पावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स