साढे ४ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।

आइतबार, नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाख ३९ हजारको कित्ता सेयर ४ अर्ब ६० करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ फाइनान्स बाहेक सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । आज कम्पनीको २१ करोड ३४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल टेलिकमको १५ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख, हिमालयन डिस्टिलरीको १० करोड ३७ लाख र नेशलन हाइड्रोपावरको ९ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज गुडबिल फाइनान्सको डिभेञ्चर८३ को सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

त्यस्तै, नेशनल हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, नबिल ब्यालेन्स फण्ड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, सनराईज ब्लुचिप, आशा लघुवित्त, समृद्धि फाइनान्स र आईसीइफसी फाइनान्सका लागानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स