सेयर बजारमा उछाल, साढे ४ अर्बको कारोबार, यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।

आइतबार, नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाख ३९ हजारको कित्ता सेयर ४ अर्ब ६० करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ फाइनान्स बाहेक सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्समा १० प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स