काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले वार्षिक साधारणससभा आह्वान गरेको छ । कम्पनीले हकप्रद निष्काशन विशेष प्रस्ताव राख्दै साधारण सभा आह्वान गरेको हो । ।
साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले १३औं र १४औं साधारण सभा भदौ ५ गते लिसारा हल, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्तापूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हकप्रद जारीपछि चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
साथै सभामा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने समेत सभाको एजेण्डा रहेको छ ।